दफा ४२
मालसामानको मूल्य घोषणा गरी ढुवानी गर्न सकिने
(१) कुनै मालसामानको मूल्य रेल्वे रसिदमा घोषणा गरी ढुवानी गर्न सकिनेछ। (२) उपदफा (१) बमोजिम मालसामानको मूल्य घोषणा गरी ढुवानी गराएको अवस्थामा सो बापतको ढुवानी शुल्क भाडा तथा शुल्क (ट्यारिफ) किताबमा उल्लेख भए बमोजिम हुनेछ।